Breaking News

थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

Banner

काठमाडौं, असार ९–

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज (मंगलबार) ९० जना महिला र ४४८ जना पुरुष गरी कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको जानकारी दिए ।

हाल सम्म १ लाख ८६ हजार ३६६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म २ हजार २२४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>