Breaking News
अस्ट्रेलियामा अलपत्र २५९ जना नेपाली आज काठमाडौं फर्किंदै

काठमाडौं, असार ९-
कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । आज अष्ट्रेलियाबाट पहिलो ‘उद्धार’ उडान हुँदै छ ।
नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन् ।
जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ । छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए । साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छ न्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन् ।
नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन् । तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ।
फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ।
























