Breaking News

पाल्पामा पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

Banner

पाल्पा,असार ८ –

पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि सोमबार अपराह्न गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तानसेन–रिडी खण्ड अन्तर्गत बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा चार वटा सवारी साधन बगाएको छ ।

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको थियो भने एक जनाको एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे ।

उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>