Breaking News
पाल्पामा पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको मृत्यु
०

पाल्पा, असार ८–
पाल्पामा ठूलो पहिरो खसेको छ ।
तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका–११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरो खसेको हो । पहिरोले दुई वटा गाडी समेत बगाएको छ ।
पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले जानकारी दिए । उनले अन्य एक जनाको उद्धार गरिएको जानकारी दिए ।
पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























