चितवन विशेष

चितवन प्रहरीको गलत सूचनाले गैंडाकोटका एक परिवार तनाबमा

Banner

चितवन, असार ८–

चितवन प्रहरीले दुई युवतीसहित पाँच जनालाई लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा भरतपुरबाट पक्राउ परेको सूचना सार्वजनिक गर्‍यो । सोही सूचनाको आधारमा पाँच जना पक्राउ परेको समाचार सार्वजनिक भयो । तर प्रहरीले दिएको सूचनामा उल्लेख भएको व्यक्तिको ठेगाना गलत हुँदा अर्को व्यक्तिले मानसिक तनाब भोग्नुपरेको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १६ (बेल्डीहा) बस्ने १९ वर्षिया बबिता महतोको नाम जोडिएको छ । यो समाचार सार्वजनिक भएसँगै बेल्डीहा बस्ने उही नाम गरेकी झण्डै उही उमेरकी युवतीसँग मले खान गयो । जसका कारण उनको परिवारले मानसिक तनाब भोग्नुपरेको छ ।

विभिन्न ठाउँबाट फोन आउने, घरमै आएर छोरीको बारेमा सोधखोज गर्न थालेपछि उनको परिवार अनावश्यकमा मानसिक तनाब भोग्नुपरेको छ । बेल्डीहा नवलपुरको वडा नं.१३ पर्दछ । झरही खोलादेखि वारी र बेल्डीहा पुल पारीको भाग वडा नं. १६ मा पर्छ । तर प्रहरीले दिएको सूचनामा गैंडाकोट–१६ सँगै बेल्डीहा जोडिएकाले बेल्डीहामा बस्ने ती युवतीको परिवारले मानसिक यातना भोग्नुपरेको छ ।

प्रहरीले दिएको सूचनामा ठेगाना गलत भएपछि अर्को निर्दोष परिवारले मानसिक यातना भोग्नुपरेको छ । सम्बन्धित परिवारले ठेगाना सच्याउन भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>