Breaking News

स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंका, स्वास्थ्यमन्त्रीले मनलागी गरेको भन्दै चर्को आलोचना

Banner

काठमाडौं, असार ८-

सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको भन्दै सरकारको आलोचना बढेपछि समितिमा सोमबार यसबारे छलफल भइरहेको छ ।

सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफल थालेको हो ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव लक्ष्मण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सदस्यसचिव नारायण बिँडारीलाई बोलाइएको छ।

समिति सदस्यहरुमा धर्मशीला चापागाईं, राजेन्द्र केसी, विरोध खतिवडा, प्रदीप यादवहरुले ओम्नी ग्रुपले खरिद गरेको सामग्रीमा अनियमितता भएको स्वास्थ्य मन्त्रालयले नै ठहर गरे पनि उसलाई कालोसूचीमा नराखेकोमा सरकारको चर्को आलोचना गरेका छन्।

त्यस्तै, अनियमितता ठहर भए पनि उसलाई भुक्तानी दिएकामा मन्त्रालयको चर्को आलोचना भएको छ।

सांसदहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मनलागी काम गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>