Breaking News
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघ्यो
०

काठमाडौं, असार ८-
साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् ।
वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ ।
संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा छन् ।
संक्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्रै गम्भीर छ। बाँकी सबै संक्रमितको अवस्था सामान्य छ।
गएको २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार तीन सय ९५ संक्रमित थपिएका छन्। संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार तीन सय ३७ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























