भिडियो

बुद्ध, अस्मिता, कृष्ण र समीक्षाको ‘मैले बोलेको छैन ढाँटेर’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, असार ७–

पहिलो नेपाल आइडल बुद्ध लामा र नेपाल आइडलबाटै उदायकी अस्मिता अधिकारीको आवाज रहेको ‘मैले बोलेको छैन ढाँटेर….’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विश्व संगीत दिवसको अवसर पारेर आइतबार नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा बुद्ध र अस्मिताको मात्रै नभइ गायक कृष्ण काफ्ले र समिक्षा अधिकारीको समेत स्वर रहेको छ । यस गीतमा चर्चित युवा संगीतकार अर्जुन पोखरेलको संगीत भरेका छन् ।

यस गीतको भिडियोमा चारै जना गायक/गायिकाको अभिनय समेत रहेको छ । कृष्णले यसअघि धेरै चर्चित गीतहरुमा स्वर दिएका छन् भने समीक्षा युट्युवबाटै हिट भएकी गायिका हुन् ।

यस गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । पत्रकारिताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धि अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

लकडाउनका समयमा भौतिक दुरी कायम गरी खिचिएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>