Breaking News

चितवन प्रशासनले भन्योः अत्यावश्यक काममा बाहेक घर बाहिर नजानू

Banner

चितवन, असार ७–

जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

आज (आइतबार) एक सूचना जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई न्यून गर्न संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा जारी सूचनामा बाहिर आवातजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा, वस्तु खरिद विक्री सेवा प्रवाह गर्दा अन्य व्यक्तिसंग कम्तीमा २ मिटरको सामाजिक (भौतिक) दुरी कायम गर्न आग्रह गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, निजी सवारी साधन संचालन गर्दा अनिवार्य रुपमा जोरबिजोर प्रणालीमा संचालन गर्न आग्रह गरेको छ ।

त्यस्तै अत्त्यावश्यक काम (बिरामी बोक्न) बाहेक अटो रिक्सा प्रयोग नगर्न, विवाह ब्रतवन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक, साँस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दुरी कायम गरी १५ जना भन्दा बढी व्यक्ति भेला नभई सम्पन्न गर्न, उद्योग कलकारखाना, तथा विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरु जम्मा नहुन र अत्यावश्यक काम बाहेक राती १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल नगर्न सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>