Breaking News
चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

चितवन, असार ७–
चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा असार ५ गते राती भरतपुर महानगरपालिका–२ विक्रम मार्गबाट बोलेरो गाडीसहित पाँच जनलाई पक्राउ गरेको हो ।
ना ४ प ४४३९ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याईएको विभिन्न प्रकारका लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । प्रहरीले बोलेरोमा सवार भरतपुर–४ बाह्रघरेका २१ वर्षीय अनुज भन्ने भुदत्त परियारलाई फेनारगन २ एमएलको २५५ थान, नुफिन २ एमएलको २५५ थान, डिजेपाम २ एमएलको २५५ थान बरामद गरेको छ ।
प्रहरीले परियारसंग सोधपुछ गर्दा अन्य चार जनालाई पक्राउ गर्न सफल भएको हो ।
अन्य पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ नगरवन बस्ने वर्ष २२ का अविनाश बोटे, भरतपुर–२१ बस्ने वर्ष २६ का आशिष थापा, सोही स्थानका २२ वर्षीया कञ्चन उपरकोटी र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं.१६ बेल्डिया निवासी १९ वर्षीया बबिता महतो रहेकी छिन् ।
उनीहरुलाई सम्मनित चितवन जिल्ला अदालतबाट अनुमती लिई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।























