समाचार
आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ, असार ७–
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, स्याङजाका १०, बागलुङका २१, मुस्ताङका १, म्याग्दीका ४, पर्वतका २, तनहुँका ४, गुल्मीका २, पाल्पाका २, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, पाल्पाका २, कञ्चनपुरका १ र बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कास्कीका १, सुनसरीका २, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका ७४, डढेलधुराका ४१, डोटीका २७, गुल्मीका ५, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासीका २४, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिराहाका ५२, ललितपुरका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै संक्रमितको संख्या ९०२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ७७२ जना रहेको छ ।



























