Breaking News

अब लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने जिम्मा प्रदेश सरकारलाई

Banner

काठमाडौं, असार ७-

कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले अबदेखि लकडाउन जिल्ला र प्रदेश सरकारलाई सिफारिस गर्न जिम्मा दिएको छ ।

अब आफ्नो जिल्लामा लकडाउनलाई कस्तो रुपमा लैजाने भन्ने जिल्लाले नै प्रदेशलाई सिफारिस गर्ने छन्। यसअघि देशभर लकडाउन एउटै रुपमा गरिएको छ । अब लकडाउन गर्दा जनसंख्याको अनुपात, कोरोना संक्रमितको सक्रिय केसहरुका आधारमा विभाजन गरिने भएको छ।

तीन महिना बढीदेखिको जारी लकडाउनलाई सरकारले दुई साता पहिलेबाट खुकुलो बनाउने निर्णय गरेको थियो ।

अब भने कुन जिल्ला वा क्षेत्र सिल गर्ने र कुन ठाउँमा खुल्ला गर्ने भन्ने निर्णय प्रदेश सरकारले गर्न पाउने भएका छन् । यस्तो निर्णय गर्दा प्रदेश सरकारले जिल्ला कोरोना जोखिम व्यवस्थापन समिति (डीसीसीएमसी) को सिफारिसमा सीसीएमसीसँग परामर्श लिनुपर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>