चितवन विशेष

सामाजिक कार्यमा एक्सपर्ट चितवन, माछापुच्छ्रे अशोक टोललाई विभिन्न सामग्री सहयोग

०
Banner

चितवन, असार ७–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर भरतपुर महानगरपालिका–७, स्थित माछापुच्छ्रे अशोक टोल विकास संस्थालाई विभिन्न सामग्री सहयोग गरेको छ ।

आज (आइतबार) विहान एक कार्यक्रमकाबीच तीन थान ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड र ३० थान फोहर फाल्ने डस्वीन सहयोग गरेको हो । होर्डिङ बोर्ड ६६ हजार रुपैयाँ मूल्य बराबरको हो भने डस्वीन १५ हजार रुपैयाँ बराबरको रहेको छ ।

ती सबै सामग्रीहरु एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका निर्देशक डिल्लीराम अधिकारीले टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष पशुपती पराजुलीलाई हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै एक्सपर्टका निर्देशक अधिकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सो सामग्री सहयोग गरिएको बताए । उनले भने–‘हामीले शिक्षा मात्रै दिने होइन, समाजप्रति आफ्नो दायित्व पनि निर्वाह गर्दै आइरहेका छौं ।’ उनले आगामि दिनमा पनि यस्तै सहयोग गरिरहने प्रतिवद्धता जनाए । उनले कोरोना भाइरसको समयमा होस् या अन्य समयमा एक्सपर्टले सहयोग गरेको बताए ।

एक्सपर्टले विपद्को बेला होस् या अन्य जुनसुकै बेलामा पनि सहयोग जारी राख्दै आइरहेको छ । एक्सपर्टले विशुद्ध सामाजिक कार्यका लागि भनेर छुट्टै एक्सपर्ट फाउण्डेशन समेत संचालन गरिरहेको छ । फाउण्डेशन मार्फत भूकम्पको बेला होस् या बाढी, पहिराले पारेको समस्याको बेलामा पनि सहयो गर्दै आइरहेको छ ।

यसैबीच चितवन फ्लेक्सले समेत माछापुच्छ्रे अशोक टोल विकास संस्थालाई विभिन्न सचेतनामुलक होर्डिङ बोर्ड सहयोग गरेको छ । फ्लेक्सका संचालक गुणराज दाहालले उक्त टोललाई ११ थान सूचनामुलक बोर्ड सहयोग हस्तान्तरण गरे । चितवन फ्लेक्सले विभिन्न संघसंस्थाहरुलाई यसरी नै सहयोग गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>