Breaking News
भारत र चीनलाई नेपालले भन्यो : विवाद शान्तिपूर्ण माध्यमबाट सुल्झाउनु पर्छ
०

काठमाडौं, असार ६-
गत सोमबार राति भारत र चीनबीचको गल्वान उपत्यकामा भएको विवादलाई नेपालले शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको छ।
परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा भारत र चीनलाई विवाद समधान गर्न आग्रह गरेको हो।
हाम्रा छिमेकीहरू भारत र चीनबीचको गलवान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमहरूको सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी मुलुकहरू राम्रो छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र पक्षधरताको पक्षमा शान्तिमय माध्यमबाट समाधान गर्नेछन्’, विज्ञप्तिमा भनिएको छ ।
गत सोमबार राति भारत र चीनबीचको गल्वान उपत्यकामा दुई देशबीच भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























