Breaking News

कावासोतीमा एक करोडको खानेपानी आयोजना, तीन हजार जना लाभान्वित हुने

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार ६

कावासोती नगरपालिका–१२ मा खानेपानी आयोजनाको काम थालनी गरिएको छ ।

कावासोती–१२ पिठौलीमा रहेको शान्ति निकुञ्ज माविपरिसरमा डिप बोरिङ मार्फत् पानी निकाल्ने काम सफल भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ दमौलीले विद्यालयलाई खानेपानी आयोजनाका लागि चार लाख रुपैयाँ बिनियोजन गरेको थियो भने कावासोती नगरपालिकाले एक लाख रुपैयाँ बिनियोजन गरेको थियो । अहिले पाँच लाख रुपैँयाको लागतमा डिप बोरिङ धसाउने काम सम्पन्न भएको हो । सोही आयोजना मार्फत् कावासोती १२ मा (साविक पिठौली) गाविसको वडा नम्बर २ र ९ का स्थानीयलाइ समेत खानेपानी पु¥याउने गरि खानेपानी आयोजनाको काम सुरु भएको छ । २१५ फिट गहिराइमा बोरिङ मार्फत् पानी निकाल्ने काम भएको छ ।

तत्कालका लागि चालु आर्थिक वर्ष २०७६\०७७ मा बिनियोजित पाँच लाख रुपैँयाले डिप बोरिङ धसाउने काम सम्पन्न भएको हो । आगामी आर्थिक वर्ष २०७७\०७८ मा खानेपानी आयोजनाका लागि केन्द्र सरकारबाट बित्तिय अनुदान सहयोगस्वरुप एक करोड रुपैयाँ बिनियोजन भएको शान्ति निकुञ्ज माविका प्रध्यानाअध्यापक हरि न्यौपानेले जानकारी दिए । नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद तिलक महतको पहलमा उक्त रकम बिनियोजन भएको प्रधानाध्यापक न्यौपानेले बताए।  तत्कालका लागि बोरिङबाट निस्केको पानि विद्यालय र आसपासका बासिन्दाले प्रयोग गर्न सक्नेछन् । आयोजनाको बाँकी काम आउदो आर्थिक वर्षको साउन महिनाबाट सुरु हुनेछ ।

आयोजनाको काम अघि बढाउन लक्ष्मी तिवारीको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेर काम अगाडि बढाइएको छ । अहिले साविकको पिठौली गाविस १ नम्बर वडाका बासिन्दाले रोटरी क्लबको सहयोमा डिप बोरिङ मार्फत् सञ्चालन गरिएकको खानेपानी योजना मार्फत् पानि पिउँदै आएका छन् । त्यसबाहेक यहाँका अन्य बासिन्दाले चापाकल, चुहाडी र इनारको पानि प्रयोग गर्दै आएका छन् । अहिले यहाँका बासिन्दाले प्रयोग गर्ने पानी शुद्ध छैन । आइरनयुक्त पानि प्रयोग गर्दै आएका छन् । आयोजना पुरा भएपछि कावासोती–१२ मा (साविक पिठौली) गाविसको वडा नम्बर २ र ९ का बासिन्दाले शुद्ध पानि पिउन पाउने अध्यक्ष तिवारीले जानकारी दिइन् । आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार जनसंख्या लाभान्वित हुने अध्यक्ष तिवारीले बताइन् । आयोजना सम्पन्न गर्न कम्तिमा २ वर्ष लाग्ने अनुमान गरिएको छ ।

तत्कालको आवश्यकता पुरा गर्न एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरे पुग्ने भए पनि दीर्घकालिन रुपमा हेर्दा घरधुरी संख्या थपिने, जनसंख्या वृद्धि हुने भएकाले दुई लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको आवश्यकताको महसुस गरिएको छ तथापि यस विषयमा छलफल गरेर छिट्टै अगाडी बढ्ने अध्यक्ष तिवारीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>