चितवन विशेष

चितवनको रामनगरमा बहुमुल्य जातका तीन सय विरुवा रोपियो

Banner

चितवन,असार ६-

चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा बृक्षारोपण गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा बृक्षारोपण गरिएको हो ।

प्रमुख दाहालले रुद्राक्ष र पिपलको विरुवा रोपेर कार्यक्रमको सुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख दाहालले महानगरलाई सुन्दर, हराभरा र रमणिय बनाउन बृक्षरोपण अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक वडामा बृक्षारोपणका अभियान संचालन भइरहेका छन्,यो महिना निरन्तर बृक्षारोपणका काम हुनेछन ।’

आज सो क्षेत्रमा विभिन्न जातका तीन सय विरुवा रोपिएको छ । जसमा हर्रो, बर्रो, रुद्राक्ष, अमिलो, कपुर, पिपल, अमला लगाएत छन् ।
सो अवसरमा नेकपा चितवन क्षेत्र नं. २ का संयोजक नारायण अधिकारी, रामनगर वजार व्यवस्थापन समितिका अध्यक्ष तारा कुँबर लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>