Breaking News

चीनसँग सम्भावित भिडन्तको लागि भारत तयार,एयरबेसमा लडाकु विमान र हेलिकप्टर तैनाथ

Banner

नयाँ दिल्ली, असार ६-

चिनियाँ फौजसँगको सैन्य झडपमा सोमबार २० सैनिक गुमाएको भारतले चीनसँग नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी बढाएको छ।

यसैगरी उसले बंगालको खाडी क्षेत्रमा थप युद्धपोतहरू पठाएको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित गरेको छ।

टाइम्स अफ इण्डियाका अनुसार लडाकु विमानको तैनाथी बढाएर भारतले बेइजिङलाई नयाँ दिल्ली जारी सीमा तनाव बढ्दै गएमा हुनसक्ने सम्भावित भिडन्तका लागि तयार रहेको संकेत दिएको छ।

भारतले ती क्षेत्रमा आकासबाट जमिनमा रहेका ट्यांकमा रकेट र मिसायलले हमला गर्नेसक्ने अपाचे हेलिकप्टर, उच्च उचाइमा भारी वजन उठाउन तथा सैनिक ओसार्न सक्षम चिनोक हेलिकप्टरहरूको संख्या बढाएको छ।

ुचीनले नियोजितरूपमा हाम्रा २० सैनिक जवानलाई हिंस्रकरूपले मारेर सीमा नाघी सकेको छ। हामी कुनै पनि प्रकारको प्रतिकारको लागि तयार छौं। आवश्यक सबै कदम उठाइनेछु, टाइम्स अफ इण्डियासँग एक उच्च भारतीय सैनिक अधिकारीले भने।

टाइम्स अफ इण्डियाले चीन अझै पनि भिडन्तको सोचमा रहेको र सीमाक्षेत्रमा उसले किल्लाबन्दी गरिरहेको आफ्नो समाचारमा उल्लेख गरेको छ।

चिनियाँ जनमुक्ति सेनाले गल्वान उपत्यकामा रहेको पाङगोङ तालको उत्तरी किनारामा दर्जनबढी सैन्य किल्लाको निर्माण गरेको सो समाचारमा जनाइएको छ।

मेको सुरूदेखि चीनले पश्चिमदेखि उत्तरतर्फ हुने सबै भारतीय गस्तीलाई रोकेको टाइम्स अफ इण्डियाको भनाइ छ।यस्तै अवस्था गल्वान र त्यहाँका तातोपानी क्षेत्रमा रहेको छ। चीनले पनि तिब्बतको होतान, कस्गर क्षेत्रको एयरवेसमा जे(११ र जे(९ फाइटर विमान र लामो दुरीसम्म बम प्रहार गर्नसक्ने हतियारहरूको तैनाथी बढाएको श्रोतको दाबी छ।

भारतले आफ्नो अग्रमोर्चामा सुकोइ(३०एमकेआइ, मिग(२९ र जगुवार लडाकु विमानलाई चीन नजिकका एयरवेसमा लगेको छ।

सो क्षेत्रमा हुनसक्ने सम्भावित भिडन्तको अध्ययन गर्न भारतीय वायुसेनाका प्रमुख मार्सल आर के एस भदौरियाले बुधबार र बिहीबार लेह र श्रीनगर क्षेत्रको भ्रमण गरेको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

भारतीय वायुसेनाले चीनसँगको उत्तरी सीमा नजिकै पर्ने लेह, श्रीनगर, अवन्तिपुर, बरेली, तजपुर, चउबा र जासीमारा लगायतका सबै एयरवेसमा सैनिक सक्रियता बढाएको छ।

तिब्बतमा चीनको ८ वटा मुख्य एयरवेस छन्। यसैगरी टाइम्स अफ इण्डियाले भारत आफ्ना पछिल्लो नीतिबाट पछि हटेको र चीनलाई जस्तोसुकै जवाफ फर्काउन दृढ रहेको जनाएको छ।
एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>