मकवानपुर

हेटौंडाका मोतीलालले जिते कोरोना

Banner

हेटौंडा, असार ६

हेटौँडाका ५० वर्षीय मोतीलाल पोख्रेलले कोरोना (कोभिड–१९) को संक्रमणलाई जितेका छन् ।

गत १२ जेठमा कोरोना संक्रमण पुष्टि भएका मोतीलाल २६ दिनदेखि हेटौँडा–४ स्थित आइसोलेसनमा उपचाररत् थिए । ‘वहाँले २७ दिनपछि कोरोना जित्नुभयो । आज घर पठाइएको छ’, आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले भने ।

उनको अन्मित स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको इञ्चार्ज चौलागाईंले जानकारी दिए । मोतीलाल भारतबाट हेटौँडा–९ स्थित घर आएका थिए ।

उनलाई आज बिहान आइसोलेसनबाट भव्य विदाईका साथ घर पठाइएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरूषोत्तम राज सेढाईलगायतले पुष्प गुच्छासहित बिदाइ गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>