Breaking News

चिनियाँ र नेपाल कम्युनिस्ट पार्टीबीच भिडियो कन्फरेन्स

Banner

काठमाडौं, असार ५-

नेकपा नेताहरुलाई चिनीयाँ कम्युनिस्ट पार्टीका नेताहरुले आज प्रशिक्षण दिँदै छन् । आजको अन्तरक्रियामा कोभिड –१९ को लडाइँमा चीनको अनुभव, सुशासन र भ्रष्टचार नियन्त्रणका अनुभव आदानप्रदान हुनेछ।

शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुई पार्टीका नेताहरुबीच छलफल हुन लागेको हो ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुनेछन् ।

नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् । पोखरेल नेकपामा स्कुल विभाग प्रमुख पनि हुन् ।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेकपा नेताहरुलाई अनुशासनका विषयमा प्रशिक्षण दिनेछन्। त्यस्तै, पार्टी अनुशासन र समसामयिक परिस्थितिका विषयमा पनि प्रशिक्षण दिने जनाएको छ।

त्यसैगरी चीनको राजधानी बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी हुनेछन् ।

नेकपाका स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलका अनुसार दुई देशको सम्बन्ध, पार्टी सञ्चालन, समाजवाद, विकासका मोडल, क्रस बोर्डर कनेक्टीभिटी लगायतका विषयमा कुराकानी र भैरहेका कामका अनुभव आदान प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>