Breaking News
राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण
०

काठमाडौं, असार ४-
राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्साअनुसार संविधानमा रहेको निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।
सो बिधेयक राष्ट्रिय सभाले बिहीबार र प्रतिनिधि सभाले शनिबार पारित गरेका हुन् ।
दुवै सदनबाट सो विधेयक सर्वसम्मतीले पारित भएको थियो ।
यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग अब नेपालको निशानाछापमा समावेश हुनेछ ।
राष्ट्रपतिको कार्यालयले बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेको जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























