Breaking News

लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभामा सर्वसम्मतले पारित

Banner

काठमाडौं, असार ४-

राष्ट्रिय सभाबाट लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ।

यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले पारित भएको थियो ।

बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए।

राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकाेमा रिक्त एक सिटमा मनाेनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएकाे अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>