Breaking News

आज राष्ट्रियसभाबाट नयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक पारित गरिँदै

Banner

काठमाडौं, असार ४-

आज (बिहीबार) भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक-लिम्पियाधुरा समेटेर बनाइएको नयाँ नक्सा निशान छापमा पनि राख्न प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित गरिँदै छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७’ लाई सभा समक्ष पेश गरेपछि यसबारे छलफल भएको थियो। त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

त्यो समय सकिएकाले आज विधेयक राष्ट्रियसभाले पारित गर्ने तयारी गरेको हो । विधेयक राष्ट्रियसभाले पनि दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसका लागि आज अपराह्न ४ बजे राष्ट्रियसभाको बैठक बस्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>