Breaking News

१४ घण्टापछि नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

Banner

चितवन, असार ३–

नारायणगढ–मुग्लिन सडक खण्ड १४ घण्टापछि एकतर्फी संचालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । अपरान्ह ६ः३० बजेदेखि एकतर्फी बाटो सुचारु भएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

आज दिनभर पहिरो पन्छ्याउने काम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्य थापाले बताए । विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेपछि बाटो बन्द भएको थियो । बाटो बन्द भएपछि सयौं सवारी साधनहरु बाटोमै रोकिएका थिए । अहिले सवारीसाधन गन्तव्यमा जान थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>