Breaking News

नागरिकता विधेयक : पाँच दिनभित्र सहमति जुटाउन राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन

Banner

काठमाडौं असार ३–

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषयमा दलहरूबीच देखिएको विवाद अझै मिलेको छैन ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भए पनि कांग्रेसले त्यसमा विमति राखेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरे पनि कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसले संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको प्रावधानलाई नै मानेर जानुपर्ने र त्यही अनुसार ऐन आउनुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।

कांग्रेसको उक्त अडानसँगै बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै समय मागेका थिए । समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउन ल्याउन भन्दै पाँच दिनको समय दिएर बैठक सकिएको छ ।

२०७५ साल भदौ ५ गतेदेखि विधेयक समितिमा विचाराधीन छ। समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति कायम गर्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>