देश/प्रदेश

विज्ञापन बोर्ड गठनपछि अनलाइनले पनि विज्ञापन पाउँछन्ः मन्त्री खतिवडा

Banner

काठमाडौं, असार ३-

अर्थमन्त्री डा.युवराज खतिवडाले छिट्टै विज्ञापन बोर्ड गठन गरेर अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन दिइने बताएका छन् ।

बुधबार राष्ट्रियसभामा बोल्दै हालसम्म छापामा मात्रै उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापन अब विद्युतीय माध्यमका सञ्चारमाध्यमले पनि पाउने बताए । यसका लागि निश्चित मापदण्ड बनाएर विज्ञापन दिइने उल्लेख गरे ।

‘लोककल्याणकारी विज्ञापनको हकमा अब छापामाध्यमबाट मात्रै नभइ अब विद्युतीय माध्यमबाट पनि दिन सकिन्छ भन्ने हिसाबले बजेटमा व्यवस्था गरिएको बताए । उनले अब विज्ञापन बोर्ड गठन भइसकेपछि बोर्डले विधिसम्मत् ढंगले विज्ञापन दिइनछ,’ उनले भने । उनले त्यसपछि व्यक्ति विशेषका आधारमा नहुने बताए । छिट्टै विज्ञापन बोर्ड गठन भएर निश्चित मापदण्डका आधारमा विज्ञापन उपलब्ध गराइने बताए । मन्त्री खतिवडाले सञ्चारमाध्यम लगायतका संस्थालाई यसपटकको बजेटले सबैभन्दा धेरै सम्बोधन गरेको तर्क गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>