Breaking News

कोरोना संक्रमणबाट थप एकको मृत्यु, नेपालमा मृतककाे संख्या २० पुग्याे

Banner

काठमाडौं, असार ३-

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

असार २ गते मंगलबार मृत्यु भएको बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा बुधबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको हो ‌।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। कोरोना कारण यसअघि १९ जनाको मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिइसकेको छ।

ती महिलामा ल्युपस नेफ्राइटिस नामक दीर्घरोग समेत रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण देखिएका ३१ जना बर्दियाका हुन् ।

यता स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयले भने ती महिलामा कोरोना पुष्टि भएको आधिकारिक जानकारी गराएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>