चितवन विशेष

भरतपुर महानगरपालिका भित्र ४४ विघामा केराखेती विस्तार

Banner

चितवन,असार ३-

भरतपुर महानगरपालिकामा केराखेतीको क्षेत्र विस्तार हुँदै गएको छ । पश्चिम चितवनमा केराको ब्लक स्थापना भएसंगै भरतपुर महानगरपालिकामा यो बर्ष ४४ विघा क्षेत्रफलमा केरा खेति थप भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । केरा ब्लक अन्तरगत चितवनमा ३५ जना किसान सुचिकृत रहेका छन् । भरतपुर महानगरपालिमा चालु आर्थिक बर्षमा ३ सय ५० विघामा केराखेती हुँदै आएको छ । विगतका बर्षमा यहाँ तीन सय ४ विघामा केराखेती हुँदै आएको केरा ब्लकका सचिव इन्द्र सुवेदीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाका पश्चिम तर्फका १३ वटा वडामा चालु आर्थिक बर्षदेखि केरा ब्लकका कार्यक्रम सञ्चालन भएका छन् । तीन बर्षे योजना अन्तरगत भरतपुरमा कृषि ज्ञान केन्द्रबाट सञ्चालन हुने गरी केरा ब्लक स्थापना भएको हो । चालु आर्थिक बर्षमा केराखेतीको विस्तारका लागि ब्लक अन्तरतगत एक करोड रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यसमा ५० लाख रुपैयाँ किसानको रहेको छ ।

चालु आर्थिक बर्षमा केरा ब्लक कार्यक्रम अन्तरगत उत्पादनका लागि यान्त्रीकरण वितरण र प्राविधिक सहयोग सम्वन्धि कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । ‘चालु आर्थिक बर्षमा ट्याक्टर, केरा बाक्ने बोलेरो गाडी विरतण र प्राविधिक सहयोग सम्वन्धि कार्यक्रम छन्,’ ढकालले भन्नुभयो, ‘केराको उत्पादन बृद्धि गर्नेगरी कार्यक्रमहरु अगाडी बढाएका छौँ ।’

केरा ब्लक स्थापना गर्नका लागि १ सय ५० हेक्टरमा केराखेती भएको हुनुपर्ने हुन्छ । तर, पश्चिम चितवनमा त्यसभन्दा बढि जमिनमा केराखेती हुँदै आएको छ । भरतपुर महानगरपालिकाका वडा नम्बर, ५, ६, ७, ८, १९, २०, २१, २२, २३, २५, २६, २७ र २८ लाई समेटेर केराको ब्लक बनाईएको छ । चितवनमा केराको जोन समेत रहेको छ । जिल्लाभरी ३२ सय विघामा केराखेती हुने गरेको कृषिज्ञान केन्द्रले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>