Breaking News

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानी क्षेत्रको निरीक्षणमा, छाङरुङ पनि पुग्ने

Banner

काठमाडौं, असार ३-

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल दार्चुलाको कालापानी क्षेत्रको निरीक्षणमा निस्किएका छन् ।

निरीक्षणका क्रममा थापाले दार्चुलास्थित सेनाको गुल्म, हालै सञ्चालित छाङरुङस्थित सशस्त्र प्रहरीको व्यस क्याम, नेपाली सेनाद्वारा निर्माणाधिन घाटेबगरको चार सय ५० मिटर घोडेटो बाटोको पनि निरीक्षण गर्नेछन्।

आज बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी प्रस्थान गरेको र त्यहीबाट सेनाकै एमआई–१७ हेलिकप्टरमा कालापानी क्षेत्रमा प्रधानसेनापति र सशस्त्रका आईजीपीको टोली जानेछ ।

बिहान साढे सात बजे उडेका थापाको धनगढी हुँदै प्रदेशको नेपाली प्रहरी प्रमुखलाई लिएर दार्चुला पुग्ने, त्यहाँ सुरक्षा समितिका पदाधिकारीसँग छलफल गर्ने, सेनाको गुल्मका प्रमुख, सिडिओ लगायतलाई लिएर छाङरुङ क्षेत्रमा निरीक्षण भ्रमण गर्ने योजना छ।

छाङ्‍गरुमा रहेको सशस्त्र प्रहरीको बीओपी व्यास गाविसमा पर्छ । व्यास गाविसमै कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत पर्छ । दुई सुरक्षा प्रमुखको सो क्षेत्रको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । केही दिनअघि मात्रै नेपालको संसदबाट लिम्पियाधुरासमेत समेटेको नयाँ नक्सा पास भएको थियो ।

निरीक्षण भ्रमण सकेर धनगढीमा मुख्यमन्त्रीलगायतसँग छलफल गरी बिहीबार मात्रै थापा काठमाडौँ फर्कने योजना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>