Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्यो, दुईतर्फी बाटो अवरुद्ध

Banner

चितवन, असार ३–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

अहिले पनि पहिरो खसि रहेकाले पहिरो पन्छ्याउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

विहान ४ः१५ बजेदेखि सो क्षेत्रमा पहिरो खस्न थालेको हो । बाटो बन्द भएपछि अहिले थुप्रै सवारी साधनहरु बाटोमै रोकिएका छन् । लकडाउन खुकुलो भएसंगै सवारी आगमन बढेकाले बाटोमा सवारीको लाम लागेको छ ।

तस्विरः रवि भट्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>