Breaking News

४५ वर्षपछि भारत–चीन सीमामा भिडन्त : भारतले बोलायो छुट्टीमा नेपाल आएका गोर्खा सैनिकलाई

Banner

काठमाडौँ, असार २-

भारत–चीन सीमामा ४५ वर्षपछि हिंसात्मक भिडन्त भएको छ ।

चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ।

भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित तीन जना सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए। तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग युद्धको स्थिति बनेसँगै गोप्य बैठक बोलाएका छन् जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्‍य अधिकारीहरु सहभागी छन्। भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन् ।

आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहति हो । सीमामा हताहति रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>