चितवन विशेष

रत्ननगरमा ‘रेडियो कक्षा’ सुरु

Banner

चितवन, असार १–

पूर्वीचितवनको रत्ननगर नगरपालिकाले चितवनमै पहिलो पटक रेडियो कक्षा सुरु गरेको छ । लकडाउनका कारण विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेपछि वैकल्कि शिक्षाको रुपमा सो नगरपालिकाले रेडियो मार्फत विद्यार्थीहरुलाई पढाउनु सुरु गरेको हो ।

रत्ननगरका प्रमुख नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले नगरको शैक्षिकस्तर खस्किन नदिन रेडियो कक्षा सुरु गरिएको बताए । मुलुकमा लकडाउन सुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको थियो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पहुँच इन्टरनेट र सुविधायुक्त माबाइलमा नहुने भएकाले रेडियो कक्षा सुरु गरिएको उनले बताए ।

पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि रेडियो कक्षा सुरु गरिएको हो । पहिलो चरणमा कक्षा ८ को नेपाली अंग्रेजी र सामाजिक विषयको कक्षा सुरु भएको छ । पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मूल्याङकन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नगर प्रमुख वनले बताए । जिल्लामै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकाहरुसंग पनि सहकार्य गर्ने प्रयास भइरहेको नगर प्रमुख वनले बताए ।

रत्ननगरमा २९ सामुदायिक, २४ संस्थागत विद्यालय रहेका छन् । नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिक वैकल्पिक शिक्षाको रुपमा रेडियो कक्षा सुरु गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>