Breaking News
रत्ननगर बकुलहर अस्पताल प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नती

चितवन, असार १–
चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बकुलहर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको जानकारी दिए ।
यस अस्पताल पूर्वीचितवनका लागि महत्वपूर्ण रहेको छ । १५ श्ययाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ।
यस अस्पतालमा छाला, दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालले ४५ जनाको मिर्गौलाको डायलासिससमेत गर्दै आएको छ।
अस्पतालमा प्रसूति सेवा समेत सञ्चालन हुँदै आएको छ। मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालले जनाएको छ। प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नती भएसंगै पूर्वीचितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको छ।
























