Breaking News

आफ्नै देशको नक्साको विपक्षमा उभिएकी सरिता गिरीको सांसद पद निलम्वन हुने

Banner

काठमाडौं, असार १-

समाजवादी पार्टीले नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी आफ्नी नेतृ एवं सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावविरुद्ध संसदमा दर्ता गराएकाे प्रस्ताव सांसद गिरीले पार्टीको निर्देशनसमेत अटेर गरी फिर्ता नलिएपछि पार्टीले उनलाई कारबाही गर्ने तयारी गरेको हो ।

अहिले पार्टीका दुवै अध्यक्ष काठमाडौं बाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

संविधानको धारा ८९ (ङ) अनुसार जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यो दलले पार्टीबाट हटाउने निर्णय गरेमा सांसद पद स्वत: निलम्बन हुने प्रावधान छ । नेतृ गिरी खस-आर्यको कोटाबाट समानुपातिक सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>