Breaking News

चितवनमा चेकजाँचमा कडाई, जोरबिजोर नमान्नेलाई धमाधम कारवाही (फोटोफिचर)

Banner

चितवन, असार १–

चितवनमा आज (सोमबार)देखि चेकजाँचमा कडाई गरिएको छ ।

आजदेखि मोटरसाइकल जोर बिजोरको आधारमा चलाउन दिने सरकारले निर्णय गरेपछि चितवनमा कडाई गरिएको हो । आज बिजोर नम्बरका सवारी मात्रै चलाउन पाइने भएपछि जोर नम्बरका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

चितवन प्रहरीले नारायणगढको शहिदचोकमा थुप्रै सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जोरबिजोरको बारेमा सम्झाउँदै जोर नम्बरका सवारीलाई नियन्त्रणमा लिन थालेको हो । लकडाउन खुकुलो बनाएसंगै बजारमा सवारी चाप बढ्न थालेको छ । सरकारको आदेशलाई पालना गराउँदै नियम नमान्नेलाई कारवाही गर्न थालिएको चितवन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>