Breaking News

प्रदेश २ मा थपिए ३४ कोरोना संक्रमित

Banner

वीरगञ्ज, जेठ ३२-

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा प्रदेशका विभिन्न पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा गरि ३४ जना नयाँ संक्रमित थपिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

नयाँ संक्रमितमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना रहेका छन् । पर्सा संक्रमितहरु पोखरिया नगरपालिका, पर्सागढी, पटेर्वा सुगौली, सखुवा प्रसौनी, बिन्दबासिनी लगायतका स्थानमा बनाइएको क्वारेन्टिनमा बस्दै आएको डा. उपाध्यायले बताए ।

बारामा देखिएका सबै संक्रमित पचरौता नगरपालिकाका हुन् । उनीहरु सबै भारतका विभिन्न स्थानबाट फर्केर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>