Breaking News
बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने
०

काठमाडौँ, जेठ ३२-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । सो बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल हुनेछ ।
बैठकमा एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको छ । उनीहरुलाई यसअघिको सचिवालय बैठकमा पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो ।
एमसीसीलाई लिएर नेकपामै विवाद रहँदै आएको छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























