Breaking News
थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५ पुग्यो
०

काठमाडौं, जेठ ३१–
नेपालमा आज (शनिबार) थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ तथ्यांक सार्वजनिक गरेको हो । हालसम्म नेपालमा १ लाख २७ हजार २८८ वटा नमुनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ ।
डिस्चार्ज हुनेको संख्या ९१३ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मुक्त भएर हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















