Breaking News

महाकाली सन्धी राष्ट्रघात हो, काँग्रेस–कम्युनिष्टले माफी माग्नुपर्छः उपेन्द्र यादव

Banner

काठमाडौं, जेठ ३१–

समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस–कम्युनिष्टले माफी माग्नुपर्ने बताएका छन्।

महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने यादवको भनाइ छ।

शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन भन्ने प्रश्न गरे।

माहाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने, जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।

समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>