Breaking News

प्रचण्डले भने-‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’

Banner

काठमाडाैं, जेठ ३१-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् ।

शनिवार संविधान संशोधनको कार्यसूचीका साथ बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले राष्ट्रिय जिम्मेवारीका साथ अघि बढ्ने नेपालीको परम्परा रहेको बताए ।

‘दोस्रो संविधान संशोधनको यो घडीमा आइपुगेका छौं,’ उनले भने, ‘देशको भौगोलिक अखण्डतासँग सम्बन्धित ऐतिहासिक विषय हो यो, राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं हामी ।’

नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको बताउँदै अध्यक्ष प्रचण्डले ऐतिहासिक महाअभियानलाई सफल पार्ने देशको गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट सुरु भएको बताए। उनले भने, ‘गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट यहाँसम्म आइपुगेक हौं, राष्टि«समझदारी बनाएका छौं, संविधान संशोधन गर्दै नक्सा सच्याइयो। अब निशान छाप सच्चिन्छ।’

उनले नेपालको भूमि समेटिएको नक्सा पारित गर्ने ऐतिहासिक गौरव सदनलाई प्राप्त रहेको बताए । ‘निर्णयमा सर्वसम्मति हुने विश्वास छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>