Breaking News

सरकारले सार्वजनिक गर्‍यो खर्च विवरण : कोरोनामा ८ अर्ब ३९ करोड खर्च

Banner

काठमाडौँ, जेठ ३१—

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको विवरण सार्वजनिक गरेको छ ।

सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।

१० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ ।

भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् । संक्रमितलाई राखिएको क्वारेन्टाइन गुणस्तरीय नभएको तथा खर्च विवरण सार्वजनिक नभएको भन्दै प्रदर्शन शुरू भएपछि खर्च विवरण सार्वजनिक भएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>