चितवन विशेष

संसदबाट नेपालको नयाँ नक्सा पारित भएको खुसीयालीमा आज भरतपुरमा दीप प्रज्वलन

Banner

चितवन, जेठ ३१

नेपालको सार्वभौम संसदबाट सरकारले जारी गरेको नयाँ नक्सा पारित हुन लागेको खुसीयालीमा आज साँझ ७ बजे भरतपुरको चौविसकोठीमा दीपप्रज्वलन गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेसन चितवनको आयोजनामा हुने कार्यक्रममा सामाजिक दूरी कायम राख्दै दीप प्रज्जवलन गरिने फाउण्डेसनका सहसचिव तिलक रिमालले नारायणी अनलाइनलाई बताए । दीप प्रज्वलनले सबैमा आशा र देशभक्तिको सञ्चार गराउने उनले बताए ।
नयाँ नक्सा अनुसार संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट आज पारित हुंदैछ। संसद सचिवालयले सरकारले पेस गरेको संशोधन विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची शुक्रबार नै सार्वजनिक गरिसकेको छ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। राष्टियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकलाई सैद्धान्तिक रुपमा सबै दलले स्वीकार गरेका थिए। प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए।

सुरुदेखि नै नयाँ नक्साको निर्णयमा विरोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने आधार र प्रमाण्ण्बिना नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि संशोधन दर्ता गरेकी थिइन। गिरीको पार्टी समाजवादीले संशोधन फिर्ता लिन निर्देशन दिदैँ फिर्ता नलिए कारवाहीको चेतावनी दिए पनि गिरीले फिर्ता लिएकी छैनन्। संसद सचिवालयले सरकारको संशोधन विधेयकमाथि संशोधन राख्ने र फिर्ता लिने समय शुक्रबार राति साढे ८ बजेसम्म निर्धारण गरेको थियो। तर सचिवालय स्रोतका अनुसार निर्धारित समयभित्र गिरीले फिर्ता लिएकी छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>