Breaking News
माइतीघरमा सरकारविरुद्ध प्रदर्शन सुरु, केही प्रदर्शनकारी प्रकाउ

काठमाडौं, जेठ ३१-
काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । प्रहरीले माइतीघरबाट केही विदेशीसहित प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
सरकारको कार्यशैलीमा चित्त नबुझाएका युवाहरुले शनिबार माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन ।
युवाहरुको समूहले सामाजिक दूरी कायम गर्दै प्रर्दशन गरेका हुन् ।
सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो।
कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।
मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन् ।
प्रहरीले पटक पटक कोरोनाको जोखिमका कारण भिडभाड नगर्न माइकिङ गरेपनि त्यसको अटेर गर्दै युवाहरुको प्रदर्शन जारी छ।
























