Breaking News

संविधान संशोधन विधेयकमाथि संसदमा आज मतदान हुँदै

Banner

काठमाडौं, जेठ ३१-

नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकमा शनिबार मतदान हुँदैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

दलहरुसँगको परामर्शपछि सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने गरी बैठक बोलाएका हुन् । संसद सचिवालयलाई त्यसको तयारी लगभग पूरा भएको जनाएको छ ।

संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिएको छ । सरकारले त्यस लगत्तै मतदान गरी टुंग्याउन लागेको हो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।

राष्ट्रियसभा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>