राजनीति

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

Banner

काठमाडौं,जेठ ३०-

जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’ नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>