Breaking News

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, भारतीयको मृत्यु, पाँच घाइते

Banner

काठमाडौं, जेठ ३०-

सर्लाहीको पर्सामा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृतकको नाम, ठेगाना खुलेको छैन ।

हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । त्यसक्रममा सशस्त्रले एक दर्जन हवाई फायर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>