Breaking News

कोरोना भाइरसले विश्वभर ४ लाख २३ हजारको मृत्यु

Banner

काठमाडौं, जेठ ३०-

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८0७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८१७ पुगेको छ ।

संक्रमित हुने मानिसको संख्या ७५ लाख ९५ हजार नाघेको छ ।

२४ घण्टामा १ लाख ४८ हजार ७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ९५ हजार २१ पुगेको छ ।

३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ८७६ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३३ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>