समाज
छ महिनाकी बालिकासहित दैलेखमा थप ४८ जनामा कोरोना पुष्टि

सिमकोट,जेठ २९-
तीन महिनाकी बालिका सहित ५५ जनामा नयाँ कोरोना पुष्टि भएको छ।
बिहीबार प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख र सुर्खेत जिल्लामा नयाँ कोरोना पुष्टि भएका हुन।
नयाँ कोरोना पुष्टि हुनेमा ४८ जना मात्र दैलेख जिल्लामा देखिएका छन्। उनीहरुमा डुगेश्वर गाउँपालिका वडा नम्बर १ देखि ६ वडाका ३९ जना नागरिक रहेको कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
त्यसैगरी दैलेखकै वडा भैरब गाउँपालिकामा एक जना, खोर गाउँपालिकामा एक जना, खगेना गाउँपालिकामा तीन जना, रुम गाउँपालिकामा दुई जना, तप्लुङ गाउँपालिकामा एक जना, तुर्सु गाउँपालिकामा एक जना रेहका छन भने सुर्खेत जिल्लाको चिगाड गाउँपालिकामा पाँचजना र एक जना काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ठेगाना भई हाल चिगाड गाउँपालिकामा बस्दै आएका एक जनामा पनि कोरोना पुष्टि भएको छ।
उनीहरु छ महिनाको बालिका देखि पचास बर्ष उमेर समुहका ब्यक्ति रहेका छन्। अब कर्णालीमा कोरोना संक्रमित संख्या ७६३ पुगेको छ । यी मध्य ६० जनाले कोरोना जितेर घर फिर्ता भएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।



























