चितवन विशेष

नवजागृति सामुदायिक वनमा कउसोको विरुवा रोपियो, यस्तो पाइन्छ ओखतीय गुण

Banner

चितवन,जेठ २९-

नवजागृति सामुदायीक वनमा काउसोको विरुवा रोपिएको छ । भरतपुर महानगरपालिका ११ मा रहेको वनमा बाग्मती प्रदेशका सांसद विजय सुवेदीको उपस्थितिमा विरुवा रोपिएको हो । उनले आफ्नो निर्वाचन क्षेत्रमा फलफुल र हरियाली अभियान संचालन गरेका छन् ।

सामुदायिक बनलाई उत्पादनमूलक क्षेत्रको रुपमा प्रयोग गर्न बहुउपयोगी गुण भएको काउसो रोपिएको सांसद सुवेदीले बताए । काउसो दुई प्रकारको हुन्छ । ‘एउटा काउसो चिलाउने हुन्छ, जुन हामी सबै त्यसबाट डराउँछौं, सुवेदीले भने’,हामीले रोपेको विरुवा नचिलाउने खालको हो ।‘ यो तरकारी खानका लागि घरघरमा लगाउन सकिन्छ । सामुदायिक वनमा खेर गएको जमिनमा तरकारी उत्पादन गर्ने उदेश्यका साथ विरुवा रोपिएको उनले बताए । सामुदायिक वनको आयआर्जन बृद्धि गर्नका लागि उत्पादन मूलक फलफुल र तरकारी लगाउनुपर्नेमा उनको जोड छ ।

सांसद सुवेदीले असार १४ गते आफ्नो निर्वाचन क्षेत्रमा ५० हजार भन्दा बढि विरुवा रोप्ने योजना रहेको जानकारी दिए ।

काउसो नेपालका विभिन्न भू–भागहरूमा पाइने एक प्रकारको ओखतीय गुण भएको जंगली वनस्पति हो । काउसोको लहरा हुन्छ । यसको पात सिमीको पात जस्तै तिन पाते हुन्छ भने आकारमा सिमिको पात भन्दा ठुलो हुन्छ । यसको कोसा पनि सिमीकै कोसा जस्तो हुन्छ । यसको कोसामा एक प्रकारको झुसहरू हुन्छन् । काउसो पाकेर कोसा सुकेको बेला कोसामा भएका झुसहरू हावामा उड्दछन् । यसको गेडा र जरालाई विभिन्न रोगको ओखती बनाउन प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>