चितवन विशेष

सिसुवारका २२ परिवारलाई एफएसजी र समाजसेवी महतोले गरे खाद्यान्न सहयोग

Banner

चितवन, जेठ २९–

प्रवासी नेपाल सहयोग संगठन (एफएसजी) दुवई र युवा समाजसेवी शरद कुमार महतोले चितवनको रत्ननगर नगरपालिका वडा नं.७ स्थित सिसुवारका २२ घरपरिवारलाई आज (बिहीबार) खाद्यान्न सहयोग गरेको छ ।

अति विपन्न मुसहर समुदायका १८ घरपरिवार र दैनिक ज्याला मजदुरी गर्ने चार घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो । एफएसजीका कोषाध्यक्ष विष्णुहरि पौडेल, स्थानीय युवाहरु शरद कुमार महतो र दीपेश चौधरीले ती परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

उनीहरुलाई चामल, दाल, नुन, तेल, साबुनलगायतका सामग्री सहयोग गरिएको स्थानीय युवा समाजसेवी शरद कुमार महतोले जानकारी दिए । विदेशबाट सहयोग जुटाउनका लागि विनोद चौधरीले संयाजन गरेका थिए ।

एफएसजीका कोषाध्यक्ष विष्णुहरि पौडेलले लकडाउनका कारण विपन्न मुसहर समुदायलाई खाद्यान्नमा समस्या देखिएपछि सो सामग्री सहयोग गरिएको बताए ।

यस संस्थाले विदेशमा अलपत्र परेका नेपालीहरु र अन्य विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । यस्तै संस्थाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई समेत आर्थिक सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>