समाचार
चितवनमा ७५३ जना क्वारेन्टिनमा, भारतबाट आउनेको सङ्ख्या कम हुँदै
०

भरतपुर, जेठ २९-
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बुधबारसम्म जिल्लामा ७५३ जना क्वारेन्टिनमा छन् । तीमध्ये ६६९ महिला र ८४ पुरुष छन् ।
भारत तथा सङ्क्रमित जिल्लाबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो । उहाँले जिल्लाभार रहेका क्वारेन्टिनमा ३४९ श्यया क्षमता रहेको बताउनुभयो । अहिलोसम्म २३० जनाले क्वारेन्टिनको अवधि पूरा गरेका छन् । पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या कम हुँदै गएको सूचना अधिकारी सिंखडाले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























